नगरप्रमुखको एसईई परीक्षा दिने ज्वाई पक्राउ

काठमाडौं । रौतहटमा नगरप्रमुखको नामबाट एसईईको गणित विषयको परीक्षा दिँदै गरेका नगरप्रमुखको ज्वाई नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आइतबार देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नामबाट एसईइ परीक्षा दिँदै गरेका गरुडा–६ पोठीयाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ माविमा केन्द्रबाट पक्राउ गरिएको हो । अनुगमनका क्रममा नक्कली परीक्षार्थी बनेर उनले मेयर कानुको सट्टामा परीक्षा दिएको खुलेपछि पक्राउ गरिएको हो ।

उनी नगरप्रमुख कानुका ज्वाई रहेको खुल्न आएको छ । पक्राउ परेका साह पेशाले इन्जिनियर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर