जसपा कोशी प्रदेशको नामकरणबाट पछिहटे

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नामकरणबाट पछि हटेको छ ।

अध्यक्ष उपेन्द्र यादवले आइतबार आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जनाएको सो पार्टीको प्रचार विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको आधिकारिक धारणा सबैलाई जानकारी गराइएको कुरा समेत परिपत्रमा उल्लेख छ ।

२०७९ चैत १ गते जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर