मिटरव्याजको समस्या चाँडै समाधान हुने : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूको माग गम्भीरतापूर्वक सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ स्वास्थ्य अवस्थाबारे मिटरब्याज पीडितहरू बसिरहेको अनामनगरस्थित गुम्बामा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उनले पहिले वेवास्ता गरेका कारण यो समस्या भएकाले यसलाई गम्भीरतापूर्वक लिएर अब हामी समाधान गर्न लागेको उल्लेख गरे उनले आयोग बनाउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै भने, आयोग बनेर यसले लिने न्यूनतम समयमै कार्यान्वयनमा लान्छौँ ।’’

यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । सरकारसँग सहमति गरेसँगै मिटरब्याज पीडितहरूले आन्दोलन फिर्ता लिएर घर फर्कने तयारीमा छन् ।

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरू घर फर्कने तयारीमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्योपचारबारे चासो लिएका हुन् । ११ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका धेरै मिटरब्याजपीडितहरू बिरामी परेका थिए ।
यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर