नवजोत सिंह सिद्धू रिहा

काठमाडौं । भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलमुक्त भएका छन् ।

१० महिनाको करागार बसाइपछि शनिबार उनी पटियाला जेलबाट रिहा भएका हुन् ।

सन् १९८८ मै सडकमा पार्किङका क्रममा भएको विवाद र झडपको घटनाका कारण उनी जेल परेका थिए । झडपमा चोट लागेका गुरनाम सिंहको निधन भएको थियो ।

त्यही मुद्दामा गत वर्ष सर्वोच्च अदालतले सिद्धूलाई एक वर्षको जेल र एक हजार जरिवानाको सजाय सुनाएको थियो । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर