अमेरिकामा आँधीका कारण २१ जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका शहरमा आएको आँधीमा परी २१ जनाको मृत्यु भएको छ ।

आँधीमा दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कानान्सका पाँच र इलिनोइसका चार जना रहेका छन् । अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको जनाइएको छ । गत शुक्रबार राति आएको आँधीले ८ राज्य प्रभावित बनेका छन् । आँधीले धेरै घर र व्यवसायिक क्षेत्रमा असर पुगेको जनाइएको छ ।

आँधीले विद्युत प्रसारणमा क्षति पुग्दा १० औँ हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । ८ करोड ५० लाख मानिस आँधीबाट प्रभावित भएको समाचार एजेन्सी अलजजिराले जनाएको छ । अर्कानान्सका गभर्नर साराह हुकाबीले राज्यमा संकटकाल घोषाणा गर्दै उद्धार र राहतका लागि १ सय सदस्यीय सक्रिय टोली गठन गरेको छ ।

यो वर्ष मात्रै अमेरिकामा आँधीका कारण २ सय ७१ जनाको मृत्यु भएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर