ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं । आजआइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सय रूपैयाँले घटेर एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर