विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज आईतबार दुई खेल हुदैछ।

नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १र१ खेल हुदैछ ।

वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा पपुवा न्यु गिनी पीएनजी र अमेरिकाबीच खेल हुदैछ ।

प्रतियोगितामा तेस्रो खेल खेल्न लागेका अपराजित टोली क्यानडा ४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

दुवै टोलीले प्रतियोगितामा आ-आफ्नो चौथो खेल खेल्न लागेका हुन् । तीन खेलमा २ जितका साथ ६ टोली सहभागी प्रतियोगितामा अमेरिका दोस्रो स्थानमा रहेको छ ।

अंक बिहिन पीएनजी विश्वकप छनोटमा स्थान बनाउँन तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम गर्ने दौडबाट बाहिरिसकेको छ ।

पीएनजी यस प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।

आज नै हुने अर्को खेलमा नामिबिया र युएई खेल्दै छन् । खेल युनाइटेड क्रिकेट मैदानमा हुनेछ ।

घरेलु टोली नामिबिया ३ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेलमा युएईलाई पराजित गरि नामिबिया विश्वकप छनोटमा स्थान बनाउने सम्भावना बलियो बनाउन चाहन्छ ।

युएई पनि जित हात पारेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता सुनिश्चित गर्न चाहान्छ ।

दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।

त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।

प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।

प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।

युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर