डर्टमण्डलाई हराउँदै बायर्न शीर्षमा

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोल अन्तरले हराएको हो । खेलको १३ औं मिनेटमा ग्रिगोर कोबेलको आत्मघाती गोलबाट बायर्नले सुरुआती अग्रता बनाएको थियो ।

खेलको १८ औं मिनेटमा थोमस मुलरले गोल गर्दा बायर्न २-० ले अघि रह्यो । २३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा किङ्सले कोम्यानले गोल गरेपछि बायर्न ४-० ले अघि रह्यो । खेलको ७२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा डर्टमण्डका डोनएल मालेनले गोल गरेपनि बायर्न ४-२ ले विजयी भयो । जितसँगै बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बायर्नले २६ खेलमा ५५ अंक जोडेको छ । डर्टमण्ड ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर