चलचित्र ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । रेनशा वान्तवा राईद्वारा निर्देशित चलचित्र ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक भएको छ ।
चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।
स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत रहेको गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर रहेको छ ।
सार्वजनिक गीतमा नायक धिरज मगर र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।
वैशाख २४ गतेदेखि प्रदर्शनको तयारीमा चलचित्रमा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय रहेको छ ।
सुशान्त प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रका गीतमा द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । सोमनाथ खनाल र निर्देशक रानाले मिलेर चलचित्रको संवाद लेखेका हुन् । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको चलचित्र आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
https://www.youtube.com/watch?v=gSLCi9KqHxI

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर