गुजरातको अपराजित यात्रा जारी

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उद्घाटन खेलमा साबिकको विजेता गुजरात टाईटन्सले जितका साथ सुखद सुरुआत गरेको छ ।

गुजरातले सुखद सुरुआत गर्ने क्रममा चेन्नाई सुपर किंग्सविरुद्धको अपराजित यात्रालाई जारी राखेको छ । आईपीएलको ईतिहासमा यि दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ ।

अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नाईका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले ।

रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए ।

राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।

चेन्नाईका लागि आजकै खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।

पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले ।

मोईन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए ।

घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २-२ तथा जोश लिटिलले १ विकेट लिए ।

आयरल्यान्डका बलर लिटिलले आज नै आईपीएलमा डेब्यु गरेका थिए । लिटिल आईपीएल खेल्ने पहिलो आयरल्यान्डका पहिलो क्रिकेटर समेत हुन् ।

पहिलो खेलमा जित हात पारेको गुजरात १० टोली सहभागी रहेको प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । हारसँगै चेन्नाई सुपर किंग्स दोस्रो स्थानमा रहेको छ ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १० मुम्बई इन्डियन्स, २० कोलकत्ता नाईटराईडर्स, ३० राजस्थान रोयल्स, ४० दिल्ली क्यापिटल्स र ५० लखनाउ सुपर जायन्ट्स रहेका छन् ।

समूह बी मा १० चेन्नाई सुपर किंग्स, २० सनराईजर्स हैदरावाद, ३० गुजरात टाईटन्स, ४० रोयल च्यालेन्जर्स बेंग्लोर र  ५० पन्जाब किंग्स रहेका छन् ।

आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २र२ तथा अर्को समूहका बाँकी टोलीसँग १-१ खेल हुनेछ ।

यसका अनुसार लिग चरणमा हरेक टोलीले १४-१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर