वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने

काठमाडौं । पुर्व विश्वकप च्याम्पियन राष्ट्र वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने भएको छ ।

वेस्ट इन्डिजले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएको छ ।

आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले सहभागीता जनाउने भएको छ ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ । सुपर लिगको आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेसँगै वेस्ट इन्डिजले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।

सुपर लिगमा सहभागी रहेका श्रीलंका,जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब वेस्ट इन्डिज पनि थपिएको छ ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड र अफगानिस्तान छनोट भईसकेका छन् ।

बाँकी एक स्थानमा दक्षिण अफ्रिका र आयरल्यान्डको सम्भावना रहेको छ ।

वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा रहेको थियो ।

दक्षिण अफ्रिकाको पहिलो खेलमा जितसँगै समान ८८ अंकमा रहे पनि रनरेटका आधारमा पछि रहेर वेस्ट इन्डिजको विश्वकपमा सिधा छनोटको सपना अधुरै रहेको हो ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् ।

आगामी साता सम्पन्न हुने ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा नामिबिया, जर्सी, क्यानडा, अमेरिका, युएई र पपुवा न्युगिनीबाट शीर्ष दुई टोलीले विश्वकप छनोटमा पुग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर