सवारीदुर्घटनामा परी २६ वर्षीया सरिता मृत्यु

बर्दिया। बर्दियामा सवारीदुर्घटनामा परी एकको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिमतर्फ आइरहेको भे १ ख २२५४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको भे ४ प ५६४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ठाकुरबाबा नगरपालिका वडा नं ७ सुन्दरपुरकी २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ। मोटरसाइकल र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर