भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा महतको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका स्थानीय २४ वर्षीय निश्चल महतको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

जगातीबाट साँगातर्फ जाँदै गर्दा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर