चलचित्र ‘प्रेमा’ आज शुक्रबारबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘प्रेमा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रमा अभिनेता अरुण क्षेत्री तथा अभिनेत्रीद्वय शुभेक्षा र सृष्टि श्रेष्ठ मुख्य भूमिका रहेको छ भने गोविन्द सिंह भण्डारीले निर्देशन गरेका छन् ।

चलचित्रमा अरुण, शुभेच्छा र सृष्टिको अलवा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, महान थापा, रोशनी स्याङबो र प्रकाश बस्नेत लगायतको अभिनय रहेको छ ।

निर्देशक भण्डारीकै लेखन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । चलचित्र निर्देशक भण्डारी र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर