बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरू जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरूले आफ्नो इजाजतपत्र अर्थात् लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ ।

वैशाखदेखि लागू हुने यो व्यवस्थामा भने नवीकरण हुन बाँकी कम्पनीहरूले चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ । बिमा प्राधिकरणले बिमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने जनाएको हो ।

साविक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर