पूजा गर्ने क्रममा इनारमा खसेर करिब ३५ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशको एक मन्दिरमा बिहीबार पूजा गर्ने क्रममा इनारमा खसेर करिब ३५ जनाको मृत्यु भएको छ ।

इन्दौर शहरमा भएको दुर्घटनामा अन्य १४ जनाको जीवितै उद्दार गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इनारमा खसेर बेपत्ता भएका एक जनाको खोजी कार्य जारी रहेको छ । इनारको कंक्रिट स्ल्याबमा उभिएकाहरुको तौल बढी भएपछि सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इनारको स्ल्याब खस्दा त्यसमाथि उभिएका दर्जनौं मानिस १२ मिटर गहिरो इनारमा खसेका थिए । राष्ट्रिय विपद प्रतिकार्य बलसहति ७५ जनाको टोली उद्दार कार्यमा संलग्न रहेको जनाइएको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवरलाई ५ लाख र घाइतेलाई ५० हजा रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुस्खद भएको बताउनुभएको छ । हिन्दुहरुको पर्व रामनवमीको अवसरमा बिहीबार बेलेश्वर महादेव झुलेलाल मन्दिरमा आयोजना गरिएको प्रार्थनाका क्रममा सो दुर्घटन भएको बीबीसीले उल्लेख गरेको छ । करिब ४ दशकअघि इनार ढाकिएपछि मन्दिर निर्माण भएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर