उडले सिजनको बाँकी खेल गुमाउने

काठमाडौं । प्रिमियर लिग क्लब नटिङघम फरेस्टका स्ट्राइकर क्रिस उडले सिजनको बाँकी खेल गुमाउने भएका छन् ।

न्युजिल्याण्डका फरवार्ड उडले थाइ इन्जुरीको कारण सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।

उड गत जनवरीमा लोनमा फरेस्टमा अनुबन्धित भएका थिए । तर, उनी मार्च ११ मा घाइते भएका थिए ।

चोटका बाबजुत उनी राष्ट्रिय टिममा थिए । तर, मैदान भने उत्रिएनन ।

फरेस्ट प्रिमियर लिगको १६ औं स्थानमा रहेको छ ।

फरेस्टले शनिबार उल्भ्ससँग खेल्ने तालिका रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर