विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटीलाई

काठमाडौं । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटीले जितेको छ । विराटनगरको शहीद रंगशालामा बिहीबार बेलुकी भएको फाइनल खेलमा भारतीय क्लब लुका सकरलाई ४–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।

घरेलु टोली विराटनगरले ६१ वर्षपछि दोस्रो पटक गोल्डकपको उपाधि हात पारेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो भने २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसयता पहिलो पटक उपाधि जित्न सफल भयो । विराट गोल्डकपमा पहिलो पटक भाग लिएको केरला उपविजेता बन्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर