युनाईटेडको ऋण झन्डै १ विलियन पाउण्ड

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडको ऋण झन्डै १ विलियन पाउण्ड पुगेको छ ।

एक तथ्यांक अनुसार युनाईटेडको ऋण ९६९।६ मिलियन रहेको छ । क्लबले बिहीबार डिसेम्बर ३१ सम्मको दोस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ ।

जसमा क्लबको ऋण अघिल्लो वर्षको तुलनामा १६।४ प्रतिशतले बढेको देखिएको छ । पछिल्लो समय युनाईटेड बिक्रीमा रहेको छ ।

युनाईटेड ग्लेजर परिवारको स्वामित्वमा रहेको छ । ग्लेजर परिवारले २००५ मा युनाइटेड किनेको थियो । तर, ग्लेजर परिवार युनाईटेड बेच्न खोजिरहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर