दुई अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना

काठमाडौं । अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिण–पश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् ।
बुधबार राति नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।
दुवै हेलिकप्टरका चालक दलका सदस्यको अवस्था अज्ञात छ । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया