चलचित्र ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ ।

विकास आचार्य निर्देशित चलचित्रमा आशिर्वाद क्षेत्री, आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय रहेको छ ।

ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् ।

विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेको चलचित्र वैशाख १ गतेबाट प्रदर्शन हुनेछ ।

ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर