आज सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं । आज सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोल १०० रुपैयाँले बढेको छ ।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा प्रतितोला १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर