टी-ट्वान्टी सिरिजाका लागि भारतीय टोलीको घोषणा,कोहली र रोहित टोलीबाट बाहिर

काठमाडौं । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-ट्वान्टी सिरिजाका लागि भारतीय टोलीको घोषणा गरिएको छ । हार्दिक पान्ड्याको कप्तानीमा १५ सदस्यिय भारतीय टोलीको घोषणा भएको हो ।

भारतीय टोलीका नियमित कप्तान रोहित शर्मा र पुर्व कप्तान विराट कोहली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजका लागि घोषीत टोलीमा अटाएका छैनन् ।

युवा ब्याटरहरु यशस्वी जैसवाल र तिलक वर्माले वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोलीमा पहिलो पटक समावेश भएका छन् ।

टेस्ट तथा ओडीआई टोलीमा समेत रहेका मुकेश कुमारलाई टी-ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा समेत समावेश गरिएको छ । सन्जु सामसन विकेटकिपरको रुपमा टोलीमा पुनरागमन गरेका छन् ।

घरेलु मैदानमा न्युजिल्यान्डविरुद्धको पछिल्लो शृंखलामा ब्याकअप विकेटकिपरका रुपमा रहेका जितेश शर्माका टोलीमा स्थान पाएका छैनन् ।

भारतीय टोली 

इशान किशन (विकेटकिपर), शुभमन गिल, यशस्वी जैसवाल, तिलक वर्मा, सूर्य कुमार यादव, सन्जू सामसन (विकेटकीपर), हार्दिक पांड्या (कप्तान), अक्षर पटेल, युजभेन्द्र चहल, कुलदीप यादव, रवि बिश्नोई, अर्शदीप सिंह, उमरन मलिक, आवेश खान, मुकेश कुमार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर