कोशी प्रदेशमा आज सरकार गठनको दावी पेश गर्दै राजनीतिक दल

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्वमा आज दाबी प्रस्तुत हुँदैछ । सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज (बिहीबार) सकिँदै गर्दा गठबन्धन दलले नयाँ सरकारको दाबी पेस गर्न लागेका हुन् ।

कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन् । तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर