पीएसजीले लुइस एनरिकेलाई मुख्य प्रशिक्षक नियुक्त गर्याे

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लुइस एनरिकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

फ्रान्सेली क्लबले स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

एनरिकेले पीएसजीका क्रिस्टिोफ गाल्टियरलाई प्रतिस्थापन गर्नेछन् । ला लिगाको उपाधि जितेसँगै पीएसजीले उनलाई एक सिजनमै बर्खास्त गरेको थियो ।

बार्सिलोनामा पहिलो सिजन बिताएका एनरिकले ट्रेबल उपाधि हात पारेका थिए । उनले पहिलो सिजनमै बार्सिलोनाबाट ला लिगासँगै, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले पीएसजीसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । उनले सन् २०२२ को विश्वकपमा अन्तिम १६ को खेलमा मोनाकोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षकको भुमिकाबाट राजीनामा दिएका थिए ।

५२ वर्षका प्रशिक्षकले चार वर्ष राष्ट्रिय टिमको जिम्मेवारीमा रहे । उनले दुई पटक स्पेनलाई युरोकपको सेमिफाइनल सम्म पुर्याए । उनले त्यसअघि बार्सिलोना सहित रोमा, सेल्टामा काम गरेका थिए ।

पीएसजीले पछिल्ला पाँच वर्षमा तीन प्रशिक्षक फेरेको छ । क्लबले गत सिजन कीर्तिमानी ११ औं पटक लिग उपाधि जितेको थियो । तर च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बायर्न म्युनिखसँग पराजित बनेको थियो ।

युरोपेली फुटबलमा नयाँ शक्ति बन्ने उद्धेश्य सहित पीएसजीले खेलाडी र प्रशिक्षकमा पैसा बगाएपनि त्यो सफलता हासिल गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर