सुन खानीमा प्रयोग गरिएको ग्यास चुहावटबाट १६ को मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा संदिग्ध विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु भएको छ ।

जोहानेसवर्ग शहरको पुर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुन खानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

नाइट्रेट अक्साइड ग्यास प्रायः अवैध सुन खानीहरूमा सुन निकाल्न प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बक्सबर्गको घनघोर जनसंख्या भएको एन्जेलो शान्ती शहरमा एउटा ग्यास सिलिन्डर लिक भएको अवस्थामा फेला परेको हो ।

मृतकहरू घटनास्थलको सय मिटरको दायरामा भित्र फेला परेका थिए । रातको समयमा खोजी र उद्धार टोलीले आफ्नो काम जारी राखेकाले मृतकको संख्या बढ्नसक्ने समाचारमा उल्लेद गरिएको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर