विश्वकप छनोट खेलमा आज नेदरल्यान्ड्स र स्कटल्यान्ड भिड्दै

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज बिहीबार सुपर सिक्सको आठौं खेल हुदैछ ।

सुपर सिक्सको आठौं खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्ड भिड्दै छन् ।

बुलवायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको आजको खेलबाट विश्वकपमा छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

श्रीलंकाले यस अघि नै विश्वकपमा स्थान बनाई सकेको छ ।

विश्वकपमा स्थान बनाउन स्कटल्यान्डलाई जित पर्याप्त हुनेछ । तर, नेदरल्यान्ड्सले भने फराकिलो जित हात पार्नु पर्ने हुन्छ।

दुवै टोली एकअर्कालाई पराजित गरि विश्वकपमा स्थान बनाउने सोचमा रहेका कारण यो खेल रोमान्चक हुने अनुमान रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर