यात्रुले भरिएको बस सडकबाट खोंचमा खस्दा २७ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा भएको  सडक दुर्घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

दक्षिणी प्रान्तमा यात्रुले भरिएको बस सडकबाट खोंचमा खस्दा २७ जनाको मृत्यु भएको हो भने घटनामा डेढ दर्जन बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बस सडकबाट ६० मिटर तल खसेको हो ।

राजधानी मेक्सिको सिटीबाट सान्टीआगो शहरतर्फ गईरहेको बस ब्रेकफेल भई दुर्घटना भएको त्यहाँको प्रहरीले बताएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर