‘एमबाप्पेले नयाँ सम्झौता गर्न आवश्यक’

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का अध्यक्ष नासिर अल खालिफाले क्लबमा बस्ने भए केलियन एमबाप्पेले नयाँ सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

नयाँ प्रशिक्षक लुइस एनरिकेलाई सार्वजनीक गर्दै पत्रकार सम्मेलनमा अध्यक्ष खालिफाले सो कुरा बताएका हुन् ।

प्रशिक्षक क्रिस्टोफ गाल्टियरलाई बर्खास्त गरेपछि पीएसजीले नयाँ प्रशिक्षकको रुपमा एनरिकेलाई अनुबन्ध गरेको छ ।
२४ वर्षका एमबाप्पेले पीएसजीलाई सन् २०२४ सम्म रहेको आफ्नो सम्झौता नलम्ब्याउने बताएका छन् ।
‘हाम्रो कुरा स्पष्ट छ ।’ खालिफाले भने ।

‘यदी एमबाप्पे हामीसँग बस्न बस्न चाहन्छन् भने हामी उनीलाई राख्न चाहन्छौं । उनले नयाँ सम्झौतामा हस्ताक्षर गर्नुपर्छ ।’ उनले भनेका छन् ।

‘हामी यस समय संसारको सर्वोत्कृष्ट खेलाडीलाई निशुल्क जान दिन सक्दैनौं । यो असम्भव छ ।’ उनले भने ।
एमबाप्पेसँग अर्को सिजन सकिने सम्झौता लम्ब्याउने विकल्प समेत छ । तर उनले फ्रान्सेली क्लबको बसाई सन् २०२४ पछि लम्ब्याउने सोचमा छैनन् । यदी यही अवस्थामा उनी अर्को समर ट्रान्सफरमा निशुल्क रुपमा बजारमा उपलब्ध हुनेछन् ।

‘यो फ्रेन्च क्लब हो । एमबाप्पे आफै निशुल्क बजारमा उपलब्ध हुन चाहदैनन् ।’ अल खालिफाले भने ।
‘यदी कसैले उनको दिमाग परिवर्तन गर्छ भने यो हाम्रो गल्ती हैन ।’ खालिफाले भने ।

एमबाप्पे सन् २०१७ मा लोनमा मोनाकोबाट पीएसजी आएका थिए । त्यसपछि पीएसजीले १ सय ८० मिलियन युरोमा उनलाई स्थायी खेलाडी बनाएको थियो । उनले क्लबका लागि २ सय ६० खेलमा २ सय १२ गोल गरेको छ ।

उनी लिग वानको पछिल्लो ५ सिजन सर्वाधिक गोलकर्ता बनेका छन् । उनले पछिल्ला ६ सिजनमा ५ पटक पीएसजीका लागि लिग उपाधि जितेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर