राष्ट्रिय परीक्षा बोर्डको बैठक आज नबस्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न आज बुधबार बस्ने भनिएको बोर्ड बैठक नबस्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फका नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, “आज बुधबार एसइईको नतिजा प्रकाशनको सन्दर्भमा बोर्ड बैठक बस्ने भनिएको थियो, तर विशेष कारणले बस्न सकेनौँ, सम्भवतः बिहीबार (भोलि) बस्नेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर