सेयर बजार करिब ४० अंकले घट्यो, तीन अर्ब सात करोडको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३९ दशमलव २६ अङ्कले घटेको छ । हिजो मङ्गलवार सामान्य बढेको नेप्से आज उच्च अङ्कले घटेर दुई हजार ४९ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा जीवन बिमा समूहको शेयर चार सय नौ र निर्जीवन बिमा समूहको शेयर तीन सय १० अङ्कभन्दा धेरैले घटेको छ ।

नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ । हिजो दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन अर्ब सात करोड रुपैयाँको शेयर कारोबार भयो । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज दुई सय ७७ वटा कम्पनीका शेयर कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने दुई सय आठ वटाको घटेको छ । दुई वटा कम्पनीको शेयर मूल्य घटबढ भएन । आज बीपीडब्ल्यू लघुवित्त र मोदी इनर्जीको शेयर १० प्रतिशतले घटेको छ । मोदी इनर्जीको शेयर आज पहिलो कारोबारमै नकरात्मक सर्किट लागेको हो । समग्रमा बजार घटेको दिन आज सिटी होटल र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर