अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने

काठमाडौं । सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो चरणमा गण्डकी प्रदेशबाट अनलाइन राजस्व सेवाको सुरूवात भएको हो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने सेवाको सुरूवात बुधबार गण्डकी प्रदेशबाट गरेका हुन् ।

अनलाइन सेवा २० दिनको लागि परीक्षणको रुपमा संचालित हुनेछ । त्यसपछि देशभरका यातायात कार्यलयहरुमा उक्त सेवा लागु हुनेछ ।

अनलाइन सेवाले राजस्व तिर्न यातायात कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य गर्ने र भीडभाड पनि कम हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर