आज माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशन नहुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशन नहुने बताएको छ ।

आज एसईईको नतिजा प्रकाशन गर्ने कुनै तयारी नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । ‘आज नतिजा प्रकाशन गर्ने कुनै तयारी भएको छैन । यो हल्ला मात्र हो’, शर्माले भने ।

नतिजा प्रकाशनमा सबै तयारी पूरा भइसकेको र यहि हप्ताभित्रमा नतिजा प्रकाशन हुने उनले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर