एट्लेटिकोले रियल भालेकानोलाई २-१ गोलले हरायाे

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल भालेकानोलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको २२ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २४ औं मिनेटमा मारियो हेर्मोसोले गोल गर्दा एट्लेटिको २-० ले अघि रह्यो ।

खेलको ६२ औं मिनेटमा फ्लोरिन लेजेउनेले रातो कार्ड पाएपछि भालेकानो १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा भालेकानोका फ्रान गार्सियाले गोल गरेपनि एट्लेटिको २-१ ले विजयी भयो ।

जितसँगै एट्लेटिकोले २८ खेलमा ५७ अंक जोडेको छ ।

एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।

भालेकानो ३७ अंक जोडेर नवौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर