लिड्सको मुख्य प्रशिक्षकमा डेनियल नियुक्त

काठमाडौं । लिड्स युनाईटेडले नर्विच सिटीका पूर्व प्रशिक्षक डेनियल फार्केलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

लिड्सले चार वर्षका लागि फार्केलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

४६ वर्षिय प्रशिक्षक समक्ष लिड्सलाई प्रिमियर लिगमा फर्काउने चुनौती हुनेछ ।

उनले गत सिजन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडवाच हेरेका थिए । क्लब १० औं स्थानमा आएपछि उनलाई बर्खास्त गरिएको थियो ।

लिड्स सन् २०२२–२३ को सिजन प्रिमियर लिगबाट घटुवा भएको छ । लिड्सले अगष्ट ६ मा कार्डिफसँग खेल्दै च्याम्पियनसिप सिजनको सुरुआत गर्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर