लिभरपुल छाडेर रोबर्टो फिर्मिन्हो साउदी क्लब अल अहलीमा अनुबन्धित

काठमाडौं । रोबर्टो फिर्मिन्हो साउदी क्लब अल अहलीमा अनुबन्धित भएका छन् । लिभरपुल छाडेका उनलाई अल अहलीले तीन वर्षका लागि अनुबन्ध गरेको हो ।

गत सिजन सम्झौता सकिएपछि ३१ वर्षका ब्राजिली फरवार्ड बजारमा निशुल्क उपलब्ध थिए । फिर्मिन्होले लिभरपुलका लागि ३ सय ६२ खेलमा १ सय ११ गोल गरेका थिए ।

गत हप्ता चेल्सीको गोलकिपर एडोर्ड मेन्डीलाई अनुबन्ध गरेको साउदी क्लबले अर्को ठुलो नामको रुपमा फिर्मिन्होलाई क्लबमा लिएको हो । एनगोलो कान्टे र कालिदो कौलीबलीले समेत चेल्सी छाडेर साउदी लागेका थिए । करिम बेन्जिमा, रुबेन नेब्स र मार्सेलो ब्रोजोभिक र अन्य ठुला नाम समेत साउदी क्लबमा अनुबन्धित भएका छन् । लिभरपुलकै पूर्व मिडफिल्डर स्टेभन जेरार्ड समेत अल इतिफाकको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

फिर्मिन्होले मोहमद सालाहा, साडियो मानेसँग मिलेर सन् २०१९ मा च्याम्पियन्स लिग, सन् २०२० मा प्रिमियर लिग र एफ ए कप तथा सन् २०२२ मा लिग कपकाृ उपाधि जितेका थिए । उनले मार्चमै क्लब छाड्ने विषयमा औपचारिक घोषणा गरिएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर