युक्रेनका विभिन्न शहरमा ताजा हमला

काठमाडौं । रुसी सेनाले युक्रेनका विभिन्न शहरमा ताजा हमला गरेको छ ।

हमलाको निशानामा खार्किभ क्षेत्र रहेको छ । पछिल्लो क्षेप्यास्त्र हमलामा परी खार्किभमा ४३ सर्वसाधारण घाइते भएका छन् ।

खार्किभको पर्भोमाइस्की शहरमा रहेको एउटा आवासिय भवनको कार पार्कमा भएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका सहित ४३ जनाा घाइते भएका हुन् ।

रुसले पछिल्लो समय युक्रेनका विभिन्न आवासिय भवनहरु लक्षित गरी मिसाइल प्रहार गरेको भन्दै खार्किभका गभर्नर ओलेग सिनेगुबोभले युद्ध अपराधको आरोप लगाएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर