राष्ट्रपतिको नयाँदिल्ली उपचार खर्च ५५ लाख २ हजार २७९ रुपैयाँ सरकारसँग माग !!! ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललको नयाँदिल्लीमा भएको उपचार खर्च अन्ततस् आफैंले नबेहोरिकन सरकारबाटै शोधभर्नाका लागि माग भएके छ । उनको उपचार गराउँदा लागेको खर्च माग्दै बिलसमेत मंगलबार अर्थ मन्त्रालयमा पुगेको छ। तर स्मरणीय कुरा के छ भने स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए। गत वैशाख १९ गते उनका प्रेस संयोजक खिला कार्कीले एक विज्ञप्ति पूकाशित गरेका थिए ।

उक्त विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैंले बेहोर्ने इच्छा व्यक्त गरेको उल्लेख थियो। तर अहिले उपचार खर्च ५५ लाख २ हजार २७९ रुपैयाँ रकम माग्दै सोमबार अर्थ मन्त्रालयमा पत्र पठाएको हो। सोमबार परराष्ट्रले लेखेको उक्त पत्र मंगलबार अर्थ मन्त्रालयमा पुगेको छ।

उपचार खर्च निकासाका लागि भन्दै परराष्ट्रले अर्थलाई लेखेको पत्रमा राष्ट्रपतिको उपचार खर्चको बिल भरपाई भुक्तानीका लागि पेश भएको जनाएको छ।

‘“रकम भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति प्राप्त भएको छ’, परराष्ट्रको पत्रमा भनिएको छ, ‘तसर्थ, उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ मात्रै तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाइएको छ। असार १८ गतेको सचिवस्तरको निर्णयको प्रतिलिपि र अन्य आवश्यक कागजात यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ।”

स्वदेशमा उपचार नगरी विदेश गएको भनी कतिपयले राष्ट्रपति पौडेलको आलोचना गरिरहेका बेला उनी आफैँले उपचार खर्च बेहोर्ने घोषणा गरेर त्यतिबेला प्रशंसा कमाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर