हैदराबादको पहिलो जित

काठमाडौं । सनराइजर्स हैदराबादले ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा पहिलो जित दर्ता गरेको छ ।

हैदराबादले आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पन्जाब किंग्सलाई ८ विकेटले हराएको हो ।

पन्जाबले पहिलो हार व्यहोर्दा हैदराबादले पहिलो जित दर्ता गरेको हो ।

पन्जाबले दिएको १ सय ४४ रनको लक्ष्य हैदराबादले १७ दशमलब १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

हैदराबादको जितमा राहुल त्रिपाटीले ४८ बलमा १० चौका र ३ छक्कासहित ७४ रनको अर्धशतकीय ईनिङ खेले ।

कप्तान एडेन माक्ररमले २१ बलमा ६ चौकासहित अविजित ३७ रन बनाए । तेस्रो विकेटका लागि राहुल र कप्तान माक्ररमले अविजित १ सय रनको साझेदारी गरेका थिए ।

ओपनर ह्यारी ब्रुक १३ र मयंक अग्रवाल २१ रनमा आउट भए ।

पन्जाबका अर्शदीप सिंह र राहुल चाहरले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

पन्जाबका कप्तान शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्कासहित अविजित ९९ रनको अर्धशतकीय इनिङ खेले। धवनको कप्तानी इनिङ जितको लागि पर्याप्त भने हुन सकेन ।

साम करनले १५ बलमा २२ बनाउँदा पन्जाबका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हैदराबादका मयंक मारकन्डेले ४ तथा उमरान मलिक ,मार्को यानसनले समान २-२ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट रह्यो ।

तेस्रो खेलमा पहिलो जित हात पारेको हैदराबाद २ अंकका साथ आठौं स्थानमा रहेको छ ।

पन्जाब भने तीन खेलमा पहिलो हारका साथ ४ अंकमा रहेर छैटौं स्थानमा छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर