फिलाडेल्फिया गोलीकाण्डमा चार जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना सन्दिग्ध आक्रमणकारीलाई  हिरासतमा लिइएको छ । दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफल बोकेको उसले किशोरमाथि गोली हानेको थियो ।

फिलाडेल्फिया इन्क्वायररका अनुसार घाइतेलाई तत्काल नजिकको अस्पताल पुर्‍याइएको थियो । गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरीको एउटा टोली आक्रमणस्थलमा पुगेको थियो । एक थान राइफल र एउटा ह्याण्डगन पनि प्रहरीले बरामद गरेको छ । घाइतेको अवस्थाबारे कुनै जानकारी दिइएको छैन । गत आइतबार बाल्टिमोरमा भएको यस्तै प्रकृतिको घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने २८ जना घाइते भएका थिए । –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर