अर्घाखाँचीमा पहिरोबाट घर पुरिँदा तीन बालबालिकाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते छन्।

पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी बताए।

घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। उनलाई उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको छ। घटनास्थलमा प्रहरी र स्थानीय मिलेर उद्धारकार्य गरिरहेका छन्। घटनास्थलबाट तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ। (तस्बिरः सांकेतिक)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर