नेपालले मलेसियालाई २५३ रनको चुनौतीका साथ लक्ष्य प्रस्तुत

काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । नरेन भट्टको शतकमा नेपालले मलेसियालाई चुनौतीसहितको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनायो ।

नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्वाधिक अविजीत ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए । यस्तै, नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिषेक तिवारीले ४, आशीष लुहारले २ र प्रतीक भट्टराईले एक रन बनाए । नेपालले २६ रन एक्ट्रा पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर