निर्वाचन आयोग नो भोटको पक्षमा, समानुपातिक सांसद दुई पटक भन्दा बढी हुन नपाउने मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले निर्वाचनसम्बन्धी कानुनमा “नो भोट”, विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले समानुपातिक सांसद दुई पटक भन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

यस्तै पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ ।
सबै क्षेत्रबाट आएको सुझावका आधारमा यो व्यवस्था प्रस्ताव गरिएको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘समानुपातिक निर्वाचन प्रणाली भनेको अवसर नपाएकाहरुलाई अवसर दिन हो । तर हामीकहाँ पटकपटक अवसरतिर गएकाले यो सीमा राख्न प्रस्ताव गरेका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर