जानीराखाैं ट्वाइलेट सिटमा भन्दा पानी पिउने प्लाष्टिकको बोतलमा हुन्छन् धेरै किटाणु

काठमाडौं ।  जुन प्लाष्टिक बोतललाई मानिसहरु बारम्बार पानी पिउनका लागि प्रयोग गर्छन्, त्यसमा ट्वाइलेट सीटभन्दा बढि किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको छ ।

ट्रेडमिल रिभ्यूद्वारा गराइएको एक नयाँ अध्ययनका अनुसार ती किटाणुले रोगलाई निम्तो दिने गर्दछ ।

अध्ययनको नतिजालाई विश्वास गर्ने हो भने बोतलमा पाइने किटाणुमध्ये ६० प्रतिशत यस्ता किटाणु छन् जो गम्भीर रोगका कारण बन्न सक्छन् ।

के गर्ने ?

– यसबाट बच्ने सबैभन्दा राम्रो तरिका तपाईं कुनै पनि प्रयोग भइसकेका प्लाष्टिकका बोतललाई पुनः प्रयोग नगरौं । एकपटक प्रयोग गरेपछि त्यसलाई फ्याँक्नुहोस् विशेषगरी बजारमा पाइने पानीको बोतललाई दोस्रो पटक प्रयोग नगर्नुहोस् ।

– तपाईं घरको प्रयोजनका लागि बीपीए फ्रि प्लाष्टिक बोतल खरिद गर्नुहोस् ।

– सिसा र स्टेनलेस स्टिलले बनेको बोतल प्रयोग गर्दा सबैभन्दा राम्रो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर