रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने र पाल्ने पार्टी होइन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताएका छन्। पैसाको लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरु नसहने लामिछानेको भनाइ छ।

पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले सामाजिक सञ्जालमा उक्त मन्तव्य व्यक्त गरेका हुन् ।

लामिछानेले आइतबार बेलुकी सामाजिक सञ्जालमा लेखेका छन्, “ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौँ। कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाऊ गर्दैनौँ बरू उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नुपर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ। दैनिक १८ घन्टे चुनावी दौडले हल्का थाकेको छु। आज अलि चाँडै सुत्छु। आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ। थप कुरा भोली।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर