घट्यो नेप्से १०.८७ अंकले

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेको छ ।

सेयर बजारमा बजार परिसूचक नेप्सेमा बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।

गत कारोबार दिन ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर