ललितानिवास जग्गा प्रकरण : तीनजना पक्राउ, अनधिकृत संरचना नहटाए भत्काउने चेतावनी

काठमाडौं ।  ललितानिवास जग्गा प्रकरणमा काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीनजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्की पक्राउ परेका हुन्। सीआईबीका एसएसपी दिनेशकुमार आचार्यका अनुसार उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

यसैबीच काठमाडौं महानगरपालिकाले दुई दिनभित्रमा अस्थायी र अनधिकृत संरचना नहटाए भत्काउने चेतावनी दिएको छ। महानगरको टोलीले ललितानिवास परिसरमा पुगेर संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने बताएको हो। काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ। महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर