चेल्सीका पूर्व मिडफिल्डर सेस फाब्रिगासले फुटबलबाट सन्यास लिए

काठमाडौं । बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर सेस फाब्रिगासले फुटबलबाट सन्यास लिएका छन् ।

३६ वर्षका फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले ट्विटरमार्फत यसको जानकारी दिदै २० वर्षको फुटबल करियरलाई विश्राम दिने निर्णय गरेको घोषणा गरेका छन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगासले आर्सनल, मोनाकोबाट समेत ब्यवसायीक फुटबल खेलेका थिए । उनले खेलाडी जिवनमा दुई प्रिमियर लिग, दुई युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग र विश्वकपको उपाधि जितेका छन् ।

उनले फुटबल करियरको अन्त्यको घोषणा गर्दै नयाँ गन्तब्यबारे समेत खुलाएका छन् । उनले कोचिङ करियर अघि बढाउन आफु उत्साहीत रहेको बताएका छन् ।

‘मलाई धेरै दुख महशुश भैरहेको छ कि अब समय आएको छ, मैले खेलबाट सन्यास लिने ।’ उनले लेखेका छन् ।

‘बार्सा, आर्सनल, बार्सा, चेल्सी, मोनाको र कोमोमा आफ्नो पहिलो दिनलाई मैले सजाएर राख्नेछु ।’ उनले भनेका छन्, ‘विश्वकपको उपाधि, युरो कपको उपाधि, इङ्ल्याण्ड र स्पेनका सबै उपाधि र युरोपका सबै उपाधिको यात्रालाई म कहिल्यै बिर्सने छैन ।’

‘सबै दुखको कुरामात्र छैन । किनकी अब म सेतो रेखा पार्न गर्न गईरहेको छु । र कोमो १९०७ को बी र प्रिमावेरा टिमलाई प्रशिक्षण दिन सुरु गर्नेछु । एक क्लब र एक परियोजनामा काम गर्न म निकै उत्साहीत छु ।’ फाब्रिगासले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर