एसइईको नतिजा आगामी असार २३ गते सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आगामी असार २३ गतेसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही साता नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।
अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक काम भएकाले समस्या नआए नतिजा प्रकाशन गर्न सहज हुने बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर