बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ५ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ५ सयले बढेर एक लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया